ट्राथलोन खेल नेपालमा धेरैलाई नौलो लाग्न सक्छ । धादिङको सिद्धलेक गाउपालिका वडा नम्वर १ नलाङकी सोनी गुरुङ एपिएफमा रहेर यहि खेल क्षेत्रमा आवद्ध हुनुहुन्छ ।

ट्राथलोन भित्र ३ वटा खेलहरु पर्दछन्, साईक्लिङ, स्विमिङ र रनिङ । जुन लामो दुरीको हुने गर्दछ । १३ औं साउथ एसियन प्रतियोगीता (साग)मा ट्राथलोनबाट प्रतिनिधित्व गर्नुभएका सोनी गुरुङले नेपाललाई गोल्ड मेडल दिलाउन सफल हुनुभयो । यस्तै ट्राथलोनबाटै टिम रिलेमा सिल्भर मेडल समेत नेपाललाई दिलाउन सफल हुनुभयो ।

तस्विर : द काठमाण्डु पोष्ट

उहाँ ट्राथलोन भित्र स्पेन्ट गर्नुहुन्छ, जसमा ७ सय ५० मिटर स्विमिङ, २० किलो मिटिर साईकिलिङ र ५ किलोमिटर पुरा गरेपछि बन्ने ईभेन्टलाई स्पेन्ट भन्ने गर्दछ । साईक्लिङ नेपालको वातावरणलाई सुहाउँदो भएको हिसाबले साईक्लिङ गर्न एकदमै रुचाउने गुरुङ बताउनुहुन्छ । लामो दुरीमा (लङ सिडस्ट्यान्स) खेल्नको लागि तयारीमा व्यस्त सोनी धेरै जसो साईकलमा नै यात्रा गर्नुहुन्छ ।

काठमाण्डौंबाट धादिङ आउन होस् या अन्य कुनै जिल्ला घुम्न होस्, अधिकांश साइकलमै यात्रा गर्नुहुन्छ । गुरुङले साईकलमै उत्तरी धादिङको रुविभ्याली, नुवाकोट, स्याङ्जा, पोखरा लगायतका विभिन्न जिल्लाका धरै ठाउँहरुको भ्रमण गरिसक्नु भएको छ । कडा मिहिनत, लगनशिल र अनुशासनले गर्दा नै सोनी गुरुङ आज यो ठाउँ सम्म आईपुग्नुभएको हो ।

यो ठाउँसम्म आईपुग्न परिवारको महत्वपूर्ण भुमिका रहेको बताउनुहुन्छ । सानैदेखि खेलकूदमा रुचि राख्ने त्यसमाथि परिवारकोे आँट, भरोसा, प्रेरणा र विश्वासले गर्दा नै यो स्थान सम्म आईपुग्न सफल भएको उहाँ बताउनुहुन्छ । खेलकूदमा अघि बढ्न कतिपय अवस्थामा आर्थिक रुपमा पनि सक्षम हुनुपर्ने गुरुङ बताउनुहुन्छ । गुरुङ भन्नुहुन्छ– खेलकुद मेरो लागि सबैथोक हो, खेलकूदमा टिकिराख्न म आम्दानीको स्रोतहरु पनि खोजी गर्दैछु ।

दृढ संकल्पका साथ लाग्यो भने सफलता हासिल गर्न सकिने उहाँको बुझाई छ । पैसा र आफ्नो प्यासिनेटलाई सँगै लैजानु पर्ने उहाँको धारणा छ । नेपाललाई धेरैपटक गोल्ड मेडल दिलाउन सफल ट्राथलिक सोनी गुरुङ राज्यले खेलाडीको विश्वास र कदर गरिनुपर्ने बताउनुहुन्छ । हामी खेलाडीको मिहेनत र कडा परिश्रमलाई हेर्दियो, हौसला दियो भने मात्र पनि पुग्ने उहा बताउनुहुन्छ । उहाँको बाहिर देश गएर देशको नाममा खेल्ने ठुलो सपना छ ।

त्यही सपना पुरा गर्न यतिखेर आफ्नो मिहेनतसँगै आम्दानीको स्रोतहरु पनि बढाईराख्नु भएको छ । सोनी गुरुङ अहिले काठमाण्डौंमा रहेर व्यवसाय गर्ने सोच बनाईराख्नु भएको छ । बाहिरि देशका खेलाडी सँग प्रतिस्पर्धा गर्न सानो तिनो अभ्यासले नपुग्ने भएका कारण आर्थिक र अनुभव दुवैमा फिट हुन आफुलाई तयार गर्दै गईरहेको सोनी बताउनुुहुन्छ ।

महिला भएकै कारण थुप्रै चुनौतीहरु रहेको उहाँको भनाई छ । महिला भएकै कारण एक्लै हिड्न हुदैन, डुल्न हुँदैन, छोटो कपडा लगाउन हुँदैन भन्ने सामाजिक मान्यता रहेको छ । तर यस्ता चुनौतीहरुलाई सामना गर्दैै आफ्नो सपनालाई पुरा गर्नुपर्ने उहाँको सुझाव छ ।

२०७६ मंसिर १४ देखी २४ गते १० दिनसम्म चलेको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)मा नेपालले ऐतिहासिक सफलता हात पारेको थियो । विभिन्न २६ खेल समावेस गरिएको १३ औं सागका खेलहरु नेपालका विभिन्न ३ वटा शहरमा भएका थिए । काठमाडौं, पोखरा र जनकपुरमा भएका खेलहरुमा नेपालले ऐतिहासिक सफलता पाएको थियो ।


भिडियो हेर्नुहोस् :-

भिडियो छायाङ्क/ सम्पादन : राजेश रम्तेल

Facebook Comments