
धादिङका ८२ जनामा सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिकामा २४ जना, ज्वालामुखी गाउपालिकामा ४ जना, गल्छी गाउपालिकामा ३ जना, धुनिबेसि नगरपालिकामा ७ जना, गजुरी गाउपालिकामा २ जना, बेनिघाट रोराङ गाउपालिकामा ५ जना, त्रिपुरासुन्दरी गाउपालिकामा ६ जना, गंगाजमुना गाउपालिकामा ३ जना, थाक्रे गाउपालिकामा १ जना, खानियाबास गाउपालिकामा ३ जना र धादिङ्ग हस्पिटलमा २४ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
सोमबार एन्टीजेन परिक्षण गरिएका १ सय २९ जनामध्ये ५१ जनामा पोजिटिभ आएको छ । योसगैँ जिल्लाको सक्रिय संक्रमितको संख्या ५ सय १५ पुगेको छ । संक्रमितमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १८, संस्थागत आइसोलेसनमा १४ र होम आइसोलेसनमा ४ सय ८३ रहेका छन् ।
सोमबार ५४ जना कोरोना भाईरस संक्रमण मुक्त भएका छन् ।