धादिङको थाक्रे गाउँपालिका वडा नम्वर ६ महादेवबेशीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार १ बालकसहित २ जनाको मृत्यु भएको छ ।

काठमाण्डौंबाट चितवनतर्फ जादै गरेको ना ७ ख ९४४ नम्बरको ट्रकले बा ७३ प २१७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार नुवाकोट जिल्लाको बिदुर नगरपालिका–१३, का ३५ वर्षिय नारायण शिवभक्ती र उनका छोरा १० बर्षिय आर्यन शिवभक्तीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परि १० वर्षिय बालक आर्यन शिवभक्तिको घटनास्थलमै र बाबुको उपचारको क्रममा काठमाडौस्थित ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकलका चालक धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका २० वर्षिय जीवन घर्ती घाइते भने भएका छन् ।

घाइतेको ट्रमा सेन्टरमा उपचार भैरहेको छ । घाइते घर्तीको अवस्था अहिले खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले बताउनुभयो । यस्तै मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments