२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कोरोना अपडेट धादिङ : ५० जना कोरोना संक्रमणमुक्त, १० जनामा कोरोना संक्रमण पुष्टी

सेयर गर्नुहोस्
०सेयर

धादिङमा शुक्रबार थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार धुनिवेशी नगरपालिकामा २ जना र धादिङ अस्पतालमा ८ जना गरि जम्मा शुक्रबार १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । योसँगै धादिङमा सक्रिय संक्रमितको संख्या ५ सय ३३ जना पुगेको छ ।

संक्रमितमध्ये जिल्ला भित्र धादिङ अस्पतालको आईसोलेशनमा ७ जना, संस्थागत आईसोलेशनमा १९ जना र होम आईसोलेशनमा ५ सय ७ जना रहेको छ । यस्तै शुक्रबार ५० जना संक्रमणमुक्त भएका छन् । यस्तै शुक्रबार५४ एन्टिजिन परीक्षण भएकामध्ये १० जनामा पोजिटिभ आएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।