२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

गैरआवासीय नेपाली संघ जापानको सदस्यमा बिनय गुरुङको उम्मेद्धवारी

गैरआवासीय नेपाली संघ जापानको सदस्यमा बिनय गुरुङको उम्मेद्धवारी
सेयर गर्नुहोस्
०सेयर

१ साउन,२०७८
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १० औं राष्ट्रीय अधिवेशन यहि जुलाई २७ तारिकमा हुँदैछ । (एनआरएनए) जापानको सदस्य पदका लागी दोलखा निवासी बिनय गुरुङले उम्मेदवारी दिएका छन् । हाल जापानको योकोहमामा रहेका गुरुङ केहि वर्ष पहिले विद्यार्थी भिषामा जापान गएको थियो । गुरुङ हाल एक जापानीज कम्पनीमा कार्यरत छन् । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापान कान्तोको सचिब, तमु धीं जापानको कार्यसमिति सदस्य तथा दोलखा समाज जापानका सदस्य रहेका बिनय गुरुङले नेपालमा रहदा पनि विभिन्न सामाजिक संघ–संस्थामा रहि सक्रिय रुपमा सामाजिक कार्य गरेको अनुभव रहेका छ ।

गुरुङले आफ्नो उम्मेद्धवारी प्रस्तुत गर्दै, आफू निर्वाचित भएमा (एनआरएनए) जापानको अगामी कार्यकालमा यस संस्थाको गरिमालाई उच्च राख्न, सबै नेपालीको साझा समस्या समाधान गर्न, संस्था भित्रका समस्या र कमिकमजोरीहरु हटाउन रचनात्मक भूमिका निर्वाह गर्ने उद्धघोेष गर्दै जापानवासी विभिन्न पेशा, व्यावसायमा आवद्ध रहेका सम्पूर्ण नेपालीहरुमा अमूल्य सहयोगको लागि अनुरोध गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्याकाल सन २०२१–२०२३ सम्म रहनेछ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।