धादिङमा सोमबार थप ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार निलकण्ठमा ३६, गल्छीमा ५, धुनिबेसिमा १, थाक्रेमा ४, गजुरीमा १, गंगाजमुनामा ३, ज्वालामुखीमा ४, बेनिघाटमा २ गरेर ५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै सोमबार ७६ एनटीजेन परिक्षण मध्ये १९ पोजिटिभ जनामा पोजेटिभ आएको छ ।

योसँगै धादिङमा जिल्लाको सक्रिय संक्रमणको संख्या ५ सय ८८ पुगेको छ । संक्रमितमध्ये जिल्लामा हस्पिटल आइसोलेसनमा १२, संस्थागत आइसोलेसनमा १७ र होम आइसोलेसनमा ५५९ रहेका छन् । यस्तै सोमबार २७ जना संक्रमणमुक्त भएका छन् । जिल्लामा सोमबार ५१ स्वाब संकलन भएको छ ।

Facebook Comments