
धादिङको विभिन्न क्षेत्रमा भोलि शनिबार बिहान विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जानकारी दिएको छ ।
विद्युत प्राधिकरणले दिएको जानकारीअनुसार नुवाकोटको विदुर नगरपालिका–६ रातमाटे तथा केराघारीमा निर्माणधिन सोलार फार्मबाट देविघाट पावर हाउसको सवस्टेशनबाट धादिङ आएको ३३ केभी प्रशारण लाईन निर्माण कार्य हुने भएकाले भोलि शनिबार बिहान ७ बजेदेखी बिहान १० बजेसम्म सटडाउन हुने जनाएको हो ।
त्यस समयमा धादिङको जहरे धादिङबेसी र सल्यान्टार सवस्टेशन अन्तर्गतका सम्पूर्ण ११ केभी फिडरहरु बन्द हुने भएकाले थाक्रे, गल्छी ,गजुरी, बेनिघाट रोराङ, सिद्धलेक, ज्वालामुखी, नीलकण्ठ, नेत्रावती डवजोङ, त्रिपुरासुन्दरी, गंगाजमुना र आरुघाट लगाएतका सम्पूर्ण क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध हुने विद्युत प्राधिकरणले जारी गरेको सूचनामा लेखिएको छ ।