इजरायल – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायलको अध्यक्षमा सर्किनि ज्यावा ह्योल्मो सर्वसम्मत निर्वाचित भएका छन् । नव निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा तमु समाज इजरायलको तर्फबाट खुशि क्ल्हे तमुस्यो, उपाध्यक्षहरुमा शेर्पा संघ इजरायलको तर्फबाट लाक्पा शेर्पा, नेपाल तामाङ घेदुङ इजरायलको तर्फबाट प्रकाश दोङ तामाङ, किराँत क्याक्थुङ चुम्लुङ इजरायलको तर्फबाट ईन्दु लावती, किराँत राई यायोख्खाको तर्फबाट रोशन राई, राष्ट्रिय नेवाः खल इजरायलको तर्फबाट बिमला श्रेष्ठ, थारु कल्याणकारी सभा इजरायलको तर्फबाट विष्णु चौधरी चयन भएका छन् ।

यसै गरि महासचिवमा नेपाल मगर संघ इजरायलको तर्फबाट सुरेश गिदेल मगर, प्रथम सचिवमा निमा याङ्जि ह्योल्मो, सचिवहरुमा कर्म शेर्पा, अस्मिता गोले तामाङ, बाबुराम राई, इन्द्रजंग तमु, ससिकला काङ्वा, कानन चौधरी र कोषाध्यक्षमा राजभाइ प्रजापति र सह कोषाध्यक्षमा आसिक दर्लामि मगर चयन भएका छन् ।

“विश्वका आदिवासी जनजाती एक हौं ! आफ्नो भेषभुषा, भाषा, लिपी,कला, संस्कृतिको संरक्षण र सम्वद्र्धन गरौं ” भन्ने मूल नाराका साथ सन २०२६, १२ जुन शुक्रबारका दिन साँझ तेलअविभमा १४ औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको थियो । नेफिन इजरायलका अध्यक्ष सुर्य राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इजरायलका लागि नेपाली कार्यवाहक राजदुत ओम कुमार भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

साथै नेफिन इजरायलका पूर्व अध्यक्ष तथा संरक्षक परिषदका सदस्यहरु, प्रमुख सल्लाहाकार तथा सल्लाहाकारहरु, विभिन्न सामाजिक तथा राजनैतकि संगठनका प्रमुख तथा प्रतिनीधिहरुका साथै राष्ट्रिय सामुदायिक संघ – संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

साथै कार्यक्रममा आदिवासी जनजातिहरुको मौलिक भेष,भुषामा आदिवासी पहिचान झल्कने मौलिक साँस्कृतिक नृत्यहरुको प्रस्तुती रहेको थियो । नेफिन इजरायलको नेतृत्व चयनको लागि चक्रिय प्रणाली अवलम्बन गरिएको हुँदा आगामि एक वर्षको लागि नयाँ नेतृत्व ह्योल्मो समाजको तर्फबाट सर्किनि ज्यावा ह्योल्मोले पाएको हो ।

सन् २०१२ मा स्थापना भएको यस संघले आदिवासी जनजातिहरुबीचमा आपसी एकता भेषभूषा, भाषा, लिपि, कला संस्कृतिको संरक्षण र सम्वद्र्धनको लागि विभिन्न कार्यक्रमहरुको आयोजना र पैरवी गर्दै आएको छ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायल शाखामा नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, तमू समाज, राष्ट्रिय नेवाःखल, किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोख्खा, शेर्पा संघ, होल्मो समाज र थारु कल्याणकारी सभा सहित ९ वटा राष्ट्रिय सामुदायिक सघ संस्थाहरु आवद्ध रहेका छन् ।

Facebook Comments