नेकपा एमालेका नेता भीम रावलले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा नभएको बताउनुभएको छ ।

शनिबारको प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै रावलले देशको राजनीति अस्थिर हुँदा विभिन्न सन्धी सम्झौता हुने गरेको भन्दै एमसीसी नेपालको हितमा नरहेको बताउनुभयो । राजनीति परिवर्तन भएको बेला र सरकार परिवर्तन भएको बेला नेपाली जनताको स्वाभिमान ओझेलमा पर्नेगरी सन्धी सम्झौता हुने गरेको स्मरण गर्दै नेता रावलले एमसीसी सम्झौता त्यस्तै भएको दाबी गर्नुभयो ।

उहाँले पूर्वप्रधानमन्त्रीहरूले बाह्य हस्तक्षेपबाट भएको भनेर वक्तव्य जारी गर्नुको संकेत के हो ? भन्दै प्रश्न पनि गर्नुभयो । अमेरिकी मन्त्रीहरूले पटक, पटक एमसीसीलाइ सैन्य रणनीति भएको बताएकाले नेपाल कुनै सैन्य गठबन्धनमा बस्नु नहुँनेमा जोड दिनुभयो ।

 

Facebook Comments