कोरोना संक्रमणका कारण मृत्यु भएका नेपाल सुँनचाँदी कला व्यवसायी संघ शाखा कार्यालय धादिङका सदस्य दिपक सुनारको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

शनिबार नेपाल सुँनचाँदी कला व्यवसायी संघ धादिङ शाखाका अध्यक्ष रमेश गुरुङ लगायतका पदाधिकारीले संयुक्त रुपमा मृतक सुनारका श्रीमतीलाई नगद १ लाख १० हजार सहयोग हस्तान्तरण गर्नुभएको हो ।

नुवाकोट बिदुर नगरपालिका वडा नं २ घर भई हाल धादिङ जिल्ला गल्छी गाउपालिका वडा नं ७ मा डेनियल सुन चाँदी पसल व्यावसाय गर्दै आउनु भएका सुनारको गत जेठ २९ गते ३९ वर्षको उमेरमा कोरोना संक्रमण भई उपचारको क्रममा मृत्यु भएको थियो ।

मृतक सुनार प्रति श्राद्धाञ्जली अपर्णगर्दै परिवारजनमा समवेदनाका साथ सहयोग उपलब्ध गराईएको नेपाल सुँनचाँदी कला व्यवसायी शाखा कार्यालय धादिङका सदस्य गणेश बराईलीले जानकारी दिनुभयो ।

Facebook Comments