
अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकको स्वदेश फर्कनेक्रम जारी छ। शुक्रबार जजिरा एयरको कुवेत–काठमाडौँ नियमित उडानबाट थप एक ६५ नेपाली स्वदेश फर्केका छन्।
हालसम्म ४ सय ६१ नेपाली काठमाडौँ आइपुगेका तथा थप नौ जना नियमित उडानबाट हिजो राति आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उद्धार भई स्वदेश आएकाहरूमा काबुलस्थित विभिन्न कूटनीतिक नियोगमा काम गर्नेहरूका अतिरिक्त अनौपचारिक क्षेत्रमा रोजगारी गरिरहेका केही छन् ।
काठमाडौँ आइपुगेकाहरूलाई अध्यागमनलगायत प्रक्रिया पूरा गरी कोभिड सङ्कट व्यवस्थापन केन्द्रको समन्वयमा सामाखुसीस्थित सरकारले व्यवस्थापन गरेको ‘होल्डिङ सेन्टर’मा स्वास्थ्य मापदण्डानुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रियागत काम सम्पन्न गरी आवश्यक व्यवस्थापन भएको उक्त मन्त्रालयले बताएको छ।