नेपाल रेडक्रस सोसाईटीको ५९ औं स्थापना दिवशको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ४१ जना पुरुष र ९ जना महिला गरि ५० जना रगतदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

रगत अभावका कारण जिल्लामा कुनै विरामीहरुको अकालमै ज्यान नजाहोस् भनी नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले विभिन्न समयमा रक्तदान कार्यक्रम गर्दै आइरहेको छ ।

यस्तै दिवसको अवसरमा धादिङ अस्पतालमा रहेका २६ जना विरामीहरुलाई फलफूल वितरण गरेको छ । भने कोभिड अस्पतालमा रहेका विरामीलाई पनि सुप वितरण गरेको छ ।

यस्तै नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियनले पनि शनिबार आफ्नो २० औं स्थापना दिवश विभिन्न कार्यक्रम गरि मनाएको छ ।

स्थापना दिवसको अवसरमा शनिबार धादिङ अस्पतालका विरामीलाई फलफुल वितरण गरिएको छ । अस्पतालमा भर्ना भई बसेका, सुत्केरी महिला र आकस्मिक उपचार कक्षामा उपचारमा रहेका ३० जना विरामीलाई फलफुल वितरण गरिएको कर्मचारी युनियनका केन्द्रिय सदस्य कृष्ण बद्री पौडेलले जानकारी दिनुभयो ।

विरामीहरुलाई अध्यक्ष वालकृष्ण नेपाली, कार्यबाहक अध्यक्ष प्रकाश सापकोटा, भुपु अध्यक्ष राममणीमिश्रा, आधिकारीक ट्रेड युनियन धादिङका अध्यक्ष लोकनाथ लंसाल, नेपाली काँग्रेस धादिङका सभापति रमेश धमला, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य कृष्ण बद्री पौडेल लगाायतले फलफुल वितरण गर्नुभएको थियो ।

यस्तै स्थापना दिवसको अवसर पारेर नेपाल निजामती कर्मचारी युनियन धादिङले निवृतभरण हुनुभएका १३ जना कर्मचारीहरुलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा ठाकुर प्रसाद सिंखडा, पदमराज अधिकारी, ऋषी राम ढुङ्गाना, सावित्रि सुवेदी, लीला नारायण श्रेष्ठ, शिबहरी अर्याल, रामहरी श्रेष्ठ, सुर्य प्रसाद देवकोटा, अम्मर वस्ती, नारायण श्रेष्ठ, सेर बहादुर श्रेष्ठ, पुर्ण प्रसाद अधिकारी र तिलक श्रेष्ठ रहनुभएको छ ।

निवृतभरण हुनुभएकाहरुलाई प्रमाण पत्र,मायाँको चिनो र दोसल्ला ओढाएर सम्मान गरेको थियो । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति धादिङका कार्यबाहक अध्यक्ष प्रकाश सापकोटाको अध्यक्षतामा सम्पन्न भएको सम्मान कार्यक्रममा नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाको प्रमुख आतिथ्य रहेको थियो ।

Facebook Comments