हिन्दु नारीहरुको महान् चाड हरितालिका तिजको अवसरमा शनिबार तिज गित प्रतियोगीता भएको छ । निलकण्ठ नगरपालिकाको वडा नम्बर १२ स्थित रिजालडाँडामा प्रतियोगीता सम्पन्न भएको हो ।

प्रगतीशिल महिला समुहको आयोजनामा सम्पन्न भएको प्रतीयोगीतामा १ सय ३२ अंक सहित लामीश्वाँरा महिला समूह प्रथम भएको छ । भने १ सय २८ दशमलव ५ अंक सहित शान्तीदेवी कृषक समुह द्धितिय, १ सय २७ अंक सहित प्रगति महिला कृषक समुह तृतिय र १ सय २६ दशमलव ५ अंक सहित कुंडुले आमा समुह सान्त्वना भएको छ ।

महिला उत्पीडन, हत्या हिंसा बलात्कारका विरुद्धमा हाम्रो खबरदारी शिर्षकमा भएको प्रतियोगीतामा विजयी समूहहरुलाई क्रमश नगद १५ सय, १ हजार, ७ सय र ५ सयको साथमा प्रमाण पत्रद्वारा पुरस्कृत गरिएको थियो । प्रताियोगीतामा ११ ओटा महिला समुहको सहभागीता रहेको थियो । प्रतियोगीतामा राष्ट्रिय कलाकार अमृत सापकोटा, कमला घिमिरे लगायतको पनि सांगेतिक प्रस्तुती रहेको थियो ।

Facebook Comments