धादिङको त्रिपुरासुन्दरी गाउपालिका वडा नम्वर ४ बञ्जराका अतिविपन्न, दलित, गरिब तथा असहाय गरि २ सय ५२ घरपरिवारलाई राहत वितरण गरिएको छ ।

खाल्सा एड इन्टरनेश्नलको सहयोगमा नेपालको लागि योगदान नामक संस्थाले खाद्यान्न तथा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको हो । नेपालका लागि योगदान संस्थाले चामल, दाल, नुन, बेसार, चिनि, साबुन, सेनिटाइजर, ब्ल्याङ्केट वितरण गरेको संस्थाका अध्यक्ष रामप्रसाद बञ्जाराले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष एवं नेपाली कांग्रेस वागमती प्रदेशका शिक्षा विभागका सदस्य रामप्रसाद बञ्जराको पहलमा यो भन्दा अघि पनि तीनै २ सय ५२ घरलाई खाद्यान्न तथा स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेको थियो ।

सामाजिक सेवामा कृयाशिल संस्थाले अहिलेसम्म धादिङसहित ३५ वटा जिल्लामा ३ हजार जनालाई खाद्यान्न, १५० वटा अक्सिजन कन्सन्ट्रेटर, २ हजार अक्सिमिटर वितरण गरिसकेको संस्थाका अधयक्ष बञ्जाराले जानकारी दिनुभयो ।

Facebook Comments