
निर्वाचन आयोगले एमाले र जनता समाजवादी पार्टी (जसपा)का प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ गठन भएका पार्टी छनोटका लागि दिएको समय मंगलबार सकिएको छ ।
नयाँ पार्टी रोज्ने जनप्रतिनिधिले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा मंगलबार सम्म कार्यालय समयभित्र उपस्थित भइ सनाखत गराउनुपर्ने थियो ।
जिल्ला निर्वाचन कार्यालय धादिङमा मंगलबारसम्म नेकपा एमालेबाट निर्वाचित ७९ जना जनप्रतिनिधिहरुले मात्रै नेकपा एकीकृत समाजवादी दल सनाखत गरेका छन् । आईतबार, सोमबार र मंगलबार गरेर ३ दिनमा ७९ जनाले नेकपा एकीकृत समाजवादी राजेको भनी सनाखत गरेका हुन् ।
धादिङमा नेकपा एमालेबाट निर्वाचित ३ सय १६ निर्वाचित जनप्रतिनिधि मध्ये ७९ जनाले मात्रै माधव कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी दल रोजेका हुन् ।
सुरुमा ८५ जनाले नेकपा एकिकृत समाजवादी रोजे पनि पछि अन्तिम समयमा ६ जना जनप्रतिनिधले नाम फिर्ता लिएर एमालेमै बस्ने निर्णय गरेका हुन् ।