धादिङको नेत्रावती डबजोङ गाउपालिकाको वडा नम्वर १ मार्पाकमा दोस्रो डबजोङ कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

मार्पाक सामुदायिक क्लब सीसीएमले असोज २६ गतेदेखि प्रतियोगिताको आयोजना गर्न लागेको हो । नेत्रावती डबजोङ गाउपालिका, निरञ्जना माध्यामिक विद्यालय, सकारात्मक सेचतना अभियान नेपाल, बालाजु कराँते डो प्रतिष्ठान नेपालको सहयोगमा धादिङ जिल्ला ब्याडमिन्टन संघ धादिङको संयोजनमा प्रतियोगिता हुन लागेको स्थानीय काजीराम अधिकारीले जानकारी दिनुभयो ।

प्रतियोगिताको लागि असोज २४ गतेसम्म नाम दर्ता गराउन सकिने बताइएको छ । नाम दर्ताको लागि १ हजार १ सय ११ शुल्क लाग्ने छ । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय, र सान्त्वना हुनेलाई क्रमश ११ हजार १ सय ११, ५ हजार ५ सय ५५, २ हजार २ सय २२ र १ हजार १ सय ११ रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिने आयोजकले जानकारी दिएको छ ।

Facebook Comments