एकिकृत सामुदायिक विकास एकीकृत सामुदायिक विकास अभियान (ICDC-Nepal) धादिङको २४ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

संस्थाको आर्थिक वर्ष ०७७/७८को प्रगति प्रतिवेदन सचिव शालिकराम दुवाडी र कोषाध्यक्ष गोपाल गुरुङले प्रस्तुत गर्नुभएको थियो ।

सस्थाले धादिङको निलकण्ठ नगरपालिका–८ निवासी दिपक श्रेष्ठ र सुनिता श्रेष्ठकी १८ बर्षिय छोरी बिमला श्रेष्ठको बोनम्यारो उत्पादन हुन नसकी प्रत्यारोपण गर्नुपर्ने भएपछि उपचारमा आर्थिक समस्या भएकोले संस्थाको २४ औं साधारणसभा को अवसरमा संस्थाले रु १० हजार र सदस्यहरु बाट रु. २५ हजार गरि जम्मा रु ३५ हजार विरामीको आमा सुनिता श्रेष्ठ लाई हस्तान्तरण गरिएको छ ।

 

सोहि अवसरमा संस्थाको परिसरमा फलफुलको बिरुवा वृक्षारोपण गरिएको छ । आँप, लिचि, अम्वा, एवोगाडो, कागति, अमला जस्ता बिरुवा रोपियको थियो ।

संस्थाका अध्यक्ष गोपाल लम्सालको अध्यक्षतामा सम्पन्न सभामा नेपाल पत्रकार महासंघ धादिङ अध्यक्ष राजाराम शर्मा, सस्थाका पदाधिकारी÷सदस्यहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments