धादिङको नीलकण्ठ नगरपालिका ३ पहरे चौतारा स्थित निर्माणाधिन सडकमा ठेकेदारको लापरबाहि देखिएको छ । कमसल तथा अयोग्य निर्माण सामाग्रीको प्रयोग गरी सडकको निर्माण कार्य भैरहेको छ । सामान्य मापदण्ड पनि पुरा नगरी सडकको निर्माण गरिरहेको स्थानीयहरुको गुनासो छ ।

निर्माणाधिन सडकमा वास नगरिएको बालुवाको प्रयोग, पर्खाल लगाउदा ढुङ्गाको बढी प्रयोग अनुसार आवश्यक मात्रामा सिमेन्ट बालुवाको प्रयोग नगरिएको, सडक बनाउन व्यक्तिगत जग्गा जथाभावी खनि दिएर स्थानीयलाई दुःखद दिएका एक स्थानियले बताए । उनले भने– सामान्य मापदण्ड पनि पुरा गरेको छैन । हामीले भन्दा उल्टै ठूलो स्वर गर्छन् । वास नगरिएको बालुवाले सडक निर्माण गर्न पाउने कहाँको नियम र मापदण्डमा छ ? उनले प्रश्न गरे । विरोध आउन थालेपछि नपखालिएको बालुवा प्रयोग गर्न छाडेको उनले बताए ।


त्यस्तैगरी, फिलिङ गरेको ठाउँमा जग थोरै मात्र खनेर पर्खाल लगाएको स्थानीयले आरोप लगाएका छन् । अर्का एक स्थानीयले भने– पुरेको माटोमा थोरै खनेर पर्खाल लगाएको छ । त्यस्तो जगले सडक कति समय टिक्ला ? पर्खालमा ढुङ्गा मात्र हालेको छ । कति ठूलो, कतिसम्म ढुङ्गा हाल्न पाउने र त्यहि अनुसार मसला हाल्नु पर्ने भन्ने पनि होला । बाहिरबाट चिल्लो मात्र बनाएर हुदैन । काम एकदमै कमसल छ । सडक बनाउने नाममा व्यक्तिगत जग्गा जथाभावी खन्देको छ । ठेकेदारको मनलाग्दीले काम गरेको उनले गुनासो गरे ।

२०७९ असार मसान्तसम्ममा सडकको निर्माण कार्य सक्ने गरी हाईवय कन्ट्रक्सनका नारायण सुवदीले सडक निर्माणको ठेक्का लिएको सुपरभाइजर विकास नेपाल बताउँछन् । स्थानीयको गुनासोको विषयमा भने नेपाल वास नगरिएको बालुवा प्रयोग नगरेको दावी गर्छन् । बालुवा मगाउदा वास नगरेको बालुवा ल्याइदिएछ । फिर्ता लैजाउ भनेका छौं । तर हामी यो वास नगरिएको बालुवा प्रयोग गर्दैनौं । जहाँसम्म वालको कुरा छ । त्यो आफ्नै मापदण्ड छ ।

मापदण्डमै रहेर हामीले सडक निर्माण गरिरहेको बताउनुभयो । स्टिमेट अनुसार हामीले काम गर्ने हो । कसको जग्गा कति प¥यो त्यो हामीले हेर्नेे होइन । सर्वे अनुसार काम गरिरहेका छौं । हामीले त जति बनायौं नापेर पैसा पाउँछौं । त्यहि अनुसार काम भैरहेको उहाँले बताउनुभयो ।

Facebook Comments