
काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशुलीमा खस्दा वेपत्ता भएका ३ जना अझै फेला पर्न सकेका छैनन् ।
चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ स्थित नाग्दी खोला पुल नजिकबाट त्रिशूली नदीमा खस्दा ३ जना अझै वेपत्ता छन् । वेपत्ता हुनेहरुमा कास्कीको पोखरा महानगरपालिका १७ बस्ने अन्दाजी ५५ वर्षिय प्रेमबहादुर भुजेल अन्दाजी ५६ वर्षिय लेखबहादुर भुजेल र ३७ वर्षिया ईश्वरी भुजेल रहेका छन् ।

काठमाण्डौबाट पोखरा जादै गरेको ग २ च ४९१८ नम्बरको कार बिहिवारराति साढे १२ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खसेको हो । चालक सहित वेपत्ता तीनजनाको नेपाल प्रहरी र शसस्त्र प्रहरीले खोजी कार्य भईरहेको अस्थायी प्रहरी चौकी मुग्लीनले जनाएको छ ।
कारमा सवार कास्कीको पोखरा महानगरपालिका १७ बस्ने ४६ वर्षिय रुद्रलाल सुवेदीलाई भने घाईते अवस्थामा उद्धार गरिएको थियो । घाईते सुवेदीको पुरानो मेडिकल कलेज चितवनमा सामान्य उपचार पछि थप उपचारको लागि पोखरा लगिएको छ ।
