जिल्ला प्रशासन कार्यालय धादिङले धादिङका एम्बुलेन्स चालकलाई आवश्यक परेको समयमा सक्दो सहयोग गर्ने धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले बताउनु भएको छ ।

शनिबार संयुक्त एम्बुलेन्स चालक समाज धादिङको चौँथो साधारण सभा, तेस्रो अधिवेशन तथा प्रशिक्षण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लम्सालले यस्तो बताउनुभएको हो ।

आफ्नो क्षेत्र अधिकार भन्दा बाहिर रहेका कुराहरु र निकायबाट कार्यन्वयन गर्नु पर्ने हकमा पनि सिफारिस गर्ने उहाँले बताउनुभयो ।

यस्तै जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले नेपाल सरकारले तय गरेको मापदण्ड अनुसार आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्था सबै एम्बुलेन्समा हुुनुपर्ने बाउनुभएको छ ।

कार्यक्रममा बोल्नुहुदै प्रहरी उपरीक्षक खड्काले विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको समयमा एम्बुलेन्स चालकहरुले गरेको योगदानको प्रसंसा गर्नु भएको थियो । एम्बुलेन्सको धेरै दुरुपयोग भएको भेटिएको र एम्बुलेन्सको दुरपयोग नगर्न पनि प्रहरी उपरीक्षक खड्काले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा संयुक्त एम्बुलेन्स चालक समाजको आय व्यय विवरण प्रस्तुत गरिएको थियो । कार्यक्रममा आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । संयुक्त एम्बुलेन्स चालक समाज धादिङमा २०७३ सालदेखि २०७७ साल सम्म आजीवन सदस्य १३ जना, साधारण सदस्य २२ जना रहेका छन् ।

 

Facebook Comments