धादिङको वेनिघाट रोराङ गाउँपालिकामा शुक्रबार बहुसरोकारवाला सम्वाद मञ्चको बैठक बसेको छ ।

नेपाल सरकार कृषि तथा पोषण सुरक्षा सुधार आयोजना आयोजना क्लष्टर ईकाई गोरखाको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाले गरेको बैठकमा कृषि मुल्य श्रृङ्खलाको अवधारणा र कृषि मुल्य श्रृङ्खलाको छनौटका मापदण्डहरुको बारेमा छलफल भएको थियो । विशेषगरि तरकारी, बाख्रा पालन तथा दुग्ध उत्पादन लगायत बजारको लागि बढि महत्वपूर्ण मुल्य श्रृङखलाहरु छनोट गरिएको छ ।

यस्तै स्तनपान कक्ष निर्माण, पोषण सुरक्षा सुधार, स्तनपान कक्षको लागि आवश्यक सहयोग क्लष्टर ईकाईले उपलब्ध गराउने लगायतका विषयमा पनि छलफल भएको थियो । बैठकले २ ओटा तरकारी संकलन गर्ने र भएको एउटालाई स्तरउन्नति गर्ने निर्णय गरेको छ ।

९ नम्वर वडामा रहेको जनभावना कृषि सहकारी संस्था र२ नम्वर वडामा दियालो साना किसान कृषि सहकारी संस्थामा नया संकलन केन्द्र स्थापना गर्ने निर्णय भएको छ भने ५ नम्वर वडामा रहेको भैरवी कृषक सहकारी संस्थाले संचालन गरेको संकलनकेन्द्रलाइै स्तरउन्नति गर्ने निर्णय भएको छ ।

बैठकलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले व्यवस्थीत ढङ्गले किसानको आय आर्जन वृद्धि गर्नको लागि क्लसटरले खेलेको भुमिका मह्त्वपूर्ण रहेको बताउनुभयो । क्लष्टरले धादिङको बेनिघाट रोराङ र गजुरी गाउँपालिका तथा गोरखाको बारपाक सुलिकोट र गण्डकी गाउँपालिकामा कार्यक्रम संञ्चालन गरिरहेको छ । यस्तै विहिबार गजुरी गाउँपालिकाले पनि यहि प्रकृतिको कार्यक्रम स्विकृत गरेको छ ।

Facebook Comments