जिल्ला अनुगमन समिति धादिङले शुक्रबार निलकण्ठ नगरपालिकाभित्रका विभिन्न क्षेत्रमा अनुगमन गरेको छ ।

अनुगमनको क्रममा म्याद गुज्रेका सामान बरामदसँगै नियमविपरित म्याद गुज्रेका सामान बिक्री गर्ने, बिज जारी नगरेका व्यापारीहरुलाई कारबाही गरिएको छ । शुक्रबार निलकण्ठ नगरपालिका वडा नम्वर ३ स्थित न्यु सबी इन्टरप्राइजेजलाई नगद २० हजार जरिवानासहित कारबाही गरेको छ । उक्त पसलबाट १ सय ६० किलो म्याद गुज्रेका जिरा बरामद गरेको छ ।

यस्तै निलकण्ठ नगरपालिकाको वडा नम्वर ८ साघुटारस्थित आर बी सप्लायर्सलाई बिल जारी नगरेकोले नगद १० हजार जरिवाना सहित कारबाही गरिएको छ । विशेष गरि अहिले चाडपर्वलाई लक्षित गरि प्रशासनले अनुगमन गर्न सुरु गरेको छ ।

Facebook Comments