नेपाल सरकारको निर्णय अनुसारको न्युनतम पारिश्रमिक उपलब्ध नगराएको भन्दै धादिङको नीलकण्ठ नगरपालिकाभित्र कार्यरत बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरु आन्दालित बनेका छन् ।

वालविकास शिक्षक संघर्ष समितिले आज नगरपालिकालाई ज्ञापन पत्र बुझाउदै नेपाल सरकारको निर्णय अनुसारको न्युनतम पारिश्रमिक उपलब्ध गराइदिन माग गरेको छ । नेपाल सरकारद्धारा जारी श्रम ऐन २०७५ (संशोधन) अनुसार न्युनतम पारिश्रमिक प्राप्त गराउनका लागि संघीय सरकारले बजेट बक्तव्य २०७८/०७९ मा उल्लेख गरेता पनि सबै स्थानिय तहले दायित्व बहन नगर्दा बालविकास शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलित हुन बाध्य भएको, ज्ञापन पत्रमा भनिएको छ ।

धादिङ जिल्लाका कतिपया स्थानिय तहले नेपाल सरकारको निर्णय कार्यान्वयन गर्ने सुनिश्चित गरे पनि नीलकण्ठ नगरपालिकाले हालसम्म नेपाल सरकारको निर्णय अनुसारको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्ने सुनिश्चितता नगरेको संघर्ष समितिले जनाएको छ ।

नेपाल सरकारले नया शैक्षिक सत्रबाट श्रम ऐन अनुसार बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुको मासिक तलब न्युनतम १५ हजार दिने निर्णय गरेको थियो ।

Facebook Comments