कांग्रेस र एमालेको विकल्पमा नयाँ अग्रगामी समाजवादी धार निमार्ण गर्नु नै आजको आवश्यकता रहेको पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पाटी (जसपा) का संघिय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बताउनुभएको छ ।

शुक्रबार धादिङवेशींमा भएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । देशमा दिगो समाजवादी शक्ति निमार्ण गर्ने र देशलाई सुशासनको समृद्धितर्फ लैजानुपर्ने भटराईले बताउनुभयो ।

फेरी पूर्वमाओवादीहरु एकता गर्ने संम्भावन छकी छैन भन्ने पत्रकारको प्रश्नमा उहाँले नयाँ आधारमा समाजवादी धु्रव निमार्ण गर्ने दिशामा बढ्दा राम्रो हुने तर भावनामा बगेर फेरि हिजैको स्थितिमा फर्केर समय बर्बाद गर्नु आवश्यक नरहेको बताउनुभयो । भावनात्मक कुरामा बग्नुभन्दा पनि अबको आवश्यकतालाई हेरेर आफुलाई रुपान्तरण गदै लैजानु पर्ने बताउनुभयो ।

वर्तमान सरकार बैधानिक रुपमा चुनावमा जाने तर कसैको कारणले गर्दा ढिलो छिटो भन्ने नहुने उहाँले बताउनुभयो । कुनै पनि निर्वाचित व्यवस्थाले पुर्ण कार्यकाल पुरा नगरेको भए पनि वर्तमान सरकारले पुर्ण कार्यकाल पुरा गर्नेमा सहमति जुटाउने उहाँको भनाई थियो ।

Facebook Comments