मंसिर २१, धादिङ ।

धादिङ जिल्ला भित्र होस् या आसपासका जिल्लाहरु, जहाँ जुन ठाउँमा दुर्घटना भयो आपत विपत भयो भन्ने खबर सुनिन्छ हो त्यहि ठाउँ पुगेकै हुन्छन् एम्बुलेन्स अंकल उर्फ नारायण कुमार श्रेष्ठ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङमा पनि सक्रिय उहाँ निलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङवेशीं विचबजारका स्थानिय हुनुहुन्छ ।

४ दशकको हाराहारीमा पुग्नै लागेका श्रेष्ठ आफ्नो आधि जीवन स्वयम सेवाकमै बिताएको बताउनुहुन्छ । ‘आफ्नो बाँकी जीवन पनि स्वयमसेवक क्षेत्रमा नै विताउने छु’- श्रेष्ठले भन्नुभयो ।  २०७२ सालको महाभुकम्प होस् या सवारी दुर्घटना, हरेक आपत विपतमा घाईते भएकाहरुको उद्धार तथा प्राथमिक उपचारमा नारायाण् कुमार नै पुगिरहेका हुन्छन् । यहि सामाजिक कार्यको उच्च प्रशंसा गर्दै युएनले अन्र्तराष्ट्रिय स्वयमसेवक अवार्ड प्रदान गरेको छ ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पमा घाईते भएकाहरुको उद्धार तथा प्राथमिक उपचारका कार्यमा महत्वपूर्ण कार्य गर्नुभएको भन्दै उहाँलाई अवार्ड प्रदान गरेको हो । युएनले गरेको सम्मानले आफूलाई सामाजिक सेवामा थप अघि बढ्न प्रेरणा र हौसला मिलेको श्रेष्ठको भनाई छ । एम्बुलेन्स अंकलको नाम दिएर विश्वभर परिचित गराएको भन्दै उहाँले संञ्चार माध्यमलाई पनि धन्यावाद दिनुभएको छ ।

नेपालमा सरकार तथा रेडक्रस, स्काउट लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था र व्यक्तिहरु स्वयंसेवा मार्फत सामाजिक कार्यमा सक्रिय छन् । यसका साथै संयुक्त राष्ट्रसंघीय स्वयंसेवक कार्यक्रमले पनि नेपालमा स्वयंसेवाको प्रवद्र्धन तथा सामाजिक विकासका लागि काम गरिरहेको छ । राष्ट्रसंघका विभिन्न संस्थानहरुले नेपाल च्याप्टर समेत स्थापना गरी सामाजिक गतिविधिमा सक्रिय छ ।

अवार्ड समारोहका केही फोटो हेर्नुहोस् :

(फोटोको स्रोत : फेसबुक)

Facebook Comments