नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दुईदिने चितवन बसाइँका क्रममा धादिङ हुँदै चितवन जाने कार्यक्रम तय भयो । काठमाण्डौंदेखी सडकमार्ग हुँदै चितवनमा हुने केन्द्रिय महाधिवेशनको कार्यक्रम स्थल अवलोकनको विहानै त्यस तर्फ निस्कीनु भएको हो ।

केपी ओली चितवन तर्फ निस्कने जानकारी पाएपछि धादिङको महादवेशी, धार्के, नौविसे लगायतका स्थानमा केपी ओलीको स्वागतको लागि विहानैदेखी स्थानिय सर्वसाधरण जनता लामबद्ध भएका थिए ।

स्थानियहरुले फुलमाला, अविर खादा लगाएर केपी शर्मा ओलीको भव्य स्वागत गरे । स्वागत मात्र गरेनन् ‘वि लभ यु केपी बा’ भन्दै नारा समेत लगाएका थिए ।  केपी ओलीको सम्बोधन सुन्नको लागि स्थानिय सर्वसाधरण जनता, पत्रकारहरु गल्छीमा तयारी अवस्थामा बसेका थिए । तर चितवन जाने समय ढिला भईसकेको कारणले सम्बोधन गर्न नभ्याउने भन्दै केही समयमात्र बसेर चितवन तर्फ लाग्नुभएको हो ।

ओलीलाई स्वागत गर्न र ओलीको भाषण सुन्न गाउँगाउँबाट वृद्धवृद्धा, महिला, युवा र कार्यकर्ताको भीड थियो । तर भाषण सुन्न नपाएपछि खल्लो महसुष भने गरेका थिए ।

ठाउँ ठाउँमा संयौंको संख्यामा युवाहरुले ओली सहितका नेताहरुलाई  मोटरबाईकमा स्कटिङ गरेका थिए ।

चितवनमा मंसिर १० देखि १२ गतेसम्म एमालेको १० औं राष्ट्रिय महाधिवेशन हुँदैछ ।

Facebook Comments