
स्थानीय तहले संचालन गर्ने गतिविधि पारदर्शी हुन नसकेको धादिङका सरोकारवालाहरुले बताएका छन् ।
सदरमुकाम धादिङबेशीमा नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजनाअन्तर्गत नागरिक समाजका अगुवा तथा स्थानीयहरु बिचमा भएको छलफलमा सहभागीहरुले यस्तो बताएका हुन् । पछिल्लो समय स्थानीय तहले संचालन गर्ने गतिविधिबाट नागरिकले लाभ लिन नसकेको, स्थानीय तहले नागरिकलाई जिवनयापनको लागि सहज बनाउनुको सट्टा करको दायरा बढाएर मारमा पार्ने काम गरेको बताएका थिए ।
पहिले कुनै पनि उद्योग व्यवसाय दर्ता गर्न घरेलु तथा साना उद्योग कार्यालय र उद्योग वाणिज्यमा दर्ता गरि कर बुझाए पुग्नेमा अहिले स्थानीय तह आइसकेपछि स्थानीय तहमा पनि थप कर बुझाउनुपर्ने नियमले उद्योगी तथा व्यवसायीहरुलाई मर्का परेको बताएका थिए । यस्तै कतिपय हुन नसकेका/गल्ती भएका विषयहरुमा उजुरी राख्दा पनि समयमै सुनुवाइ हुन नसकेको, समाज सुधारको लागि महिलाहरुले राख्ने विषय प्राथमिकतामा पर्न नसकेको गुनासो गरेका थिए ।
यस्तै कार्यक्रममा सहभागीहरुले गुनासोसँगै नागरिक समाज, संघसंस्था तथा मिडियाले समाज सुधारमा निति नियम बनाउने कुरामा अहम भुमिका निर्वाह गरेको बताएका थिए ।