
हिन्दु नेपालीहरुको दोस्रो महानचाड तिहारमा हर्षाेउल्लासका साथ भैली खेल्ने परम्परा रहेको छ । गाउँघर, शहर बजार सबै क्षेत्रमा देउसी भैली खेल्ने गरिन्छ । देउसी भैली खेल्दा प्रयोग हुने एउटा महत्वपूर्ण बाधक हो मादल ।

तिहार लागेसंगै बजारमा नयाँ मादल किन्ने र पुराना मादल मर्मत गर्नेहरुको चहलपहल निकै बढेको छ । बढ्दो आधुनिकतासंगै मादल ओझेलमा पर्दै जाँदा तिहार मादलको व्यापार घट्दोे छ । अहिले एउटा मादललाई ७ सय देखी ३५ सय सम्म विक्री हुने गरेको धादिङबेसी स्थित श्री न्यू कालिका मादल पसलका डिलमाया रम्तेलले बताउनुभयो ।
अन्य समयमा खासै चहल पहल नदेखिने मादल पसलमा हिजो/आज भिड देखिन्छ । अरु बेलामा मादलको महत्व त्यत्ती नभए पनि तिहारमा देउसी भैलो खेल्नको लागी चाहिने भएकोले मादल किन्न आएको निलकण्ठ नगरपालिका वडा नम्बर १३ का टोप बहादुर गुरुङको भनाइ छ ।

कोरोना महामारी र आधुनिकता सँगै भित्रिएको साउण्ड सिस्टमका कारण मादल विगतका वर्षहरुमा भन्दा यो वर्ष मादलको व्यापार घटेको मादल व्यापारी रम्तेलले बताउनुभयो । मादल हामी नेपालीहरुको चिनारीका रुपमा रहेको एक बाध्य बाधनको साधन हो । त्यसैले तिहारको समयमा मात्र नभई अन्य समयमा पनि मादलको महत्वलाई बुझी सरक्षण र सर्वद्धनमा जुट्नु आवश्यक छ ।
भिडियो हेर्नुहोस् :-