नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तरगत नेपाली कांग्रेस धादिङको प्रदेश सभा क्षेत्रिय समितिको अधिवेशन मंसिर ३ गते हुने भएको छ ।

पदाधिकारी सहित २७ सदस्यीय क्षेत्रिय कार्यसमितिको अधिवेशन मंसिर ३ गते गर्न लागेको कांग्रेस धादिङका नेता नबराज तिमिल्सीनाले जानकारी दिनुभयो । यस्तै मंसिर ६ गते प्रतिनीधि सभा क्षेत्रीय समितिको अधिवेशन हुने छ ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि २५ सदस्यि निर्वाचन हुनेछ भने २३ सदस्सीय प्रतिनिधि सभा क्षेत्रिय कार्य समिति चयन हुनेछ । जिल्ला सभापती सहित ५६ जना कार्य समिति रहनेगरि मंसिर १० गते जिल्ला अधिवेशन सम्पन्न हुने तिमिल्सीनाले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस रुविभ्याली गाउँपालिकाको भने अधिवेशन अझै हुन सकेको छैन । २ पटक स्थगित भएको रुविभ्यालीको अधिवेशन अव जिल्ला अधिवेशन पछि मात्रै हुने तिमिल्सीनाले बताउनुभयोे । स्थगित भएको अधिवेशनले प्रदेश सभा अधिवेशन, केन्द्रिय अधिवेशन र जिल्ला अधिवेशनलाई कुनै असर नपर्ने भएकाले जिल्ला अधिवेशन पछि मात्रै रुविभ्यालीको अधिवेशन हुने उहाँले बताउनुभयो ।

Facebook Comments