
पेट्रोलियम पदार्थको मुल्य वृद्धिका विरुद्धमा नेपाल विद्यार्थी संघ निलकण्ठ बहुमुखी क्याम्पस धादिङले आईतबार धादिङवेशींमा विरोध प्रदर्शन गरेको छ ।
नेपाल आयाल निगमले पेट्रोल, डिजेल, खाना पकाउने एलपी ग्यास लगायतको मुल्य वृद्धि गरेपछि विद्यार्थीहरुले प्रर्दशन गरेको हो । विद्यार्थीहरुले नीलकण्ठ क्याम्पसदेखी पुछारबजार सम्म विरोध ¥याली निकालेका थिए ।
पेट्रोलियम पर्दाथ सहित दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्नेे माग राखेका छन् । नेपाल आयल निगमले बुधबार राति पेट्रोल, डिजेल र मट्टितेलमा तीन÷तीन रुपैयाँ तथा खाना पकाउने ग्यासमा ७५ रुपैयाँ वृद्धि गरेको थियो ।
यो सहित निगमले एक महिनामै पेट्रोल, डिजेल र मट्टितेलमा ६ रुपैयाँ तथा ग्यासमा १२५ रुपैयाँ मूल्य बढाएको छ । मूल्यवृद्धि गरेपछि विभिन्न विद्यार्थी संगठनहरुले देशैभर विरोध प्रदर्शन भईरहेको छ ।