मंसिर २१, धादिङ ।
छैटौँ धादिङ महोत्सव पौष २६ गतेबाट सुरु हुने धादिङ उद्योग वाणिज्य संघले जनाएको छ । धादिङको कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको विकासका लागि महोत्सवको आयोजना गरिएको हो ।

स्थानीय स्तरमा उत्पादित वस्तु तथा सेवाहरुलाई बढि महत्व दिने महोत्सवमा मुख्य आकर्षणको रुपमा कृषि प्रदर्शनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण रहेको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष बोधनाथ दुवाडीले बताउनुभयो । त्यसैगरी महोत्सवमा हस्तकलाको प्रदर्शनी, जडीबुटीको प्रदशनी, बन्यजन्तु संरक्षण डकुमेनटी प्रदर्शनी, खनिज जन्य उत्पादनको प्रदर्शनी समेत गरिने उहाँले बताउनु भयो ।

छैटौँ धादिङ महोत्सवलाई अगिल्ला महोत्सव भन्दा सव्य र भव्य बनाउनको लागि तयारीलाई तिब पारिएको आयोजकले जनाएको छ । महोत्सवमा ै विभिन्न जातजातिको भेषभुषा झल्कने संस्कृतिको प्रदर्शनी तथा झाँकिलिला प्रदशनी समेत गरिने बताइएको छ । त्यस्तै धादिङ जिल्लाको पर्यटकीय क्षेत्रहरुको दृश्यावलोकन गर्नका लागि प्याराग्लाइडिङ तथा हेलिकप्टरको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ । माघको ८ गतेसम्म चल्ने महोत्सव धादिङबेसी स्थित रायटार प्लटिङमा हुने छ ।

Facebook Comments