प्रेस सेन्टरको धादिङ शाखाको अध्यक्षमा राजन अधिकारी चयन हुनुभएको छ ।

शुक्रबार धादिङवेशींमा सम्पन्न तेस्रो जिल्ला सम्मेलनले अधिकारीको अध्यक्षमा २१ सदस्सीय नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा शिव देवकोटा संजय, महिला उपाध्यक्षमा गिता अधिकारी, सचिवमा सुमन अधिकारी, सह–सचिवमा विमल तामाङ, समावेशी तर्फ सहसचिवमा सन्दिप स्याम्चेन, कोषाध्यक्षमा भुमि प्रसाद त्रिपाठी सम्भु चयन हुनुभएको छ ।

सम्मेलनको शुक्रबार एक कार्यक्रमका विच वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य लक्ष्मण खड्का, वागमती प्रदेश संयोजक सुनिल खड्का, निलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

Facebook Comments