नेकपा एमाले धादिङले १० औं महाधिवेशनका लागि जिल्लाबाट १७ हजार जनालाई सहभागी गराउने भएकाे छ ।

नेकपा एमाले धादिङले शुक्रबार तयारी बैठक गरि सबै गाउँ पालिकाबाट महाधिवेशनमा जिल्लाकाे व्यानर सहित सहभागिता जनाउने निर्णय गरेकाे छ ।

पार्टी अध्यक्ष भुमि त्रिपाठीकाे अध्यक्षतामा भएकाे बैठकले धादिङ जिल्लाबाट २०० बसमा व्यानर सहित सहभागिता जनाउने जिल्ला पार्टी प्रचार विभाग प्रमुख राधिका सापकाेटाले बताउनुभयो ।

एमालेकाे १० औं महाधिवेशनमा सहभागी हुनेहरुलाई स्वागत गर्न राजमार्ग क्षेत्रका सबै वडा र बजारहरुमा स्वागत गेट बनाईने छ ।

धादिङ जिल्लाले मंसिर १० गते नारायणगढ जाऔं भनेर सार्वजनिक आह्वान गर्दै तामाङ, नेवारी, नेपाली, मगर भाषामा प्रचार सामाग्री तयार गरि आग्रह समेत गरेकाे छ ।

नेकपा (एमाले) को १० औं महाधिवेशन मंसिर १०-१२ गतेसम्म चितवनमा हुँदैछ ।

Facebook Comments