
नेपाली कांग्रेस धादिङको क्षेत्रिय अधिवेशन अन्तरगत क्षेत्र नम्बर १ को दुबै प्रदेशमा रामनाथ अधिकारी प्यानलबाट सभापतीमा विजयी भएकाछन् ।
सोमबार भएको निर्वाचनको मत परिणामबाट रामनाथ अधिकारी प्यानलबाट उम्मेदवारी दिएका राजकुमार कुंवर क्षेत्र नम्बर १ को (क) बाट र विष्णु प्रसाद रुपाखेती क्षेत्र नम्बर १ को(ख) बाट निर्वाचित हुनुभएको छ । निर्वाचनमा राजकुमार कुंवरले २३० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दि भिम ढुंगाना प्यानलका श्याम रेग्मीले २१९ मत प्राप्त गर्नु भएको छ ।
यस्तै (ख) मा अधिकारी प्यानलका विष्णु प्रसाद रुपाखेतीले २६७ मत ल्याई सभापतिमा निर्वाचित हुनुभएको छ भने प्रद्वन्दि ढुंगाना प्यानलका रामहरि कडेलले १५५ मत प्राप्त गर्नु भएको निर्वाचन समितिले जनाएको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ को अधिवेशन भने मंसिर ८ गते हुने धादिङ कांग्रेसले जनाएको छ । क्षेत्रीय अधिवेसनमा अधिकारी प्यानलबाट कुमार बहादुर सिंखडा र ढुंगाना प्यानलबाट रविसुदन थापा प्रतिस्पर्धा गर्दैछन् । यता प्रतिनिधिसभा क्षेत्र नम्बर २ को सबै निर्वाचन आज हुँदैछ । क्षेत्र न २ मा पनि दुबै समूहले प्यानलै बनाएर प्रतिस्पर्धा गर्दैछन् । क्षेत्र नम्बर २ मा अधिकारी प्यानलबाट प्रतिनिधिसभा क्षेत्रीय सभापतिमा राकेश धमला र ढुंगाना प्यानलबाट दिपक कोइराला प्रतिस्पर्धा गर्दैछन् ।
यस्तै २ (क) मा अधिकारी प्यानलबाट सभापतीमा होम बहादुर गुरुङ र ढुंगाना प्यानलबाट ऋषिकुमार श्रेष्ठ चुनावी मैदानमा छन् । त्यसैगरी २ (ख) मा अधिकारी प्यानलबाट हरिलाल तामाङ र ढुंगाना प्यानलबाट रणबहादुर तामाङ चुनावी मैदानमा छन् । नेपाली कांग्रेस धादिङको जिल्ला अधिवेशन भने मंसिर १० गते हुने निर्वाचन समितिले जनाएको छ।