
नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ अन्तर्गतका क र ख मा क्षेत्रिय अधिवेशन सम्पन्न भएको छ । धादिङ क्षेत्र नम्बर २ को सभापतिमा राकेश धमला विजयी हुनुभएको छ ।
रामनाथ अधिकारी प्यानलबाट उम्मेद्वार धमला ६ सय ५६ मत सहित विजयी हुनुभएको हो । धमलाका प्रतिद्वन्दी भिमप्रसाद ढुङ्गाना प्यानलका दिपक कोइरालाले ५ सय ८० मत प्राप्त गर्नुभएको छ । कुल एक हजार २ सय ८३ मतदाता रहेकोमा एक हजार दुई सय ७४ मत खसेको थियो ।
नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ (क) को सभापतीमा रामनाथ समहुका होम गुरुङ ३ सय ८७ मत प्राप्त गरि विजयी हुनुभएको छ । भने (ख) को सभापतीमा ढुङ्गाना समुहका रणबहादुर तामाङ निर्वाचित हुनुभएको छ । धादिङ क्षेत्र नम्बर १ को दुबै प्रदेशमा रामनाथ अधिकारीको प्यानलले जितेको छ ।
सोमबार भएको निर्वाचनको मत परिणामबाट रामनाथ प्यानलबाट उम्मेदवारी दिएका राजकुमार कुंवर क्षेत्र नम्बर १ को (क) बाट र विष्णु प्रसाद रुपाखेती क्षेत्र नम्बर १ को(ख) बाट निर्वाचित हुनुभएको छ ।
यस्तै काँग्रेस महाधिवेशन प्रतिनिधिको पनि टुङ्गो लागेको छ । महाधिवेशन प्रतिनिधिको लागि खुल्लातर्फ ६ सय ८५ मत ल्याएर रामनाथ अधिकारी विजयी हुनुभएको छ । दोस्रोमा दिलमान पाख्रिनले ६ सय ८२ मत ल्याएर विजयी हुनुभएको छ ।
यस्तै तेस्रोमा ६ ७० मतसहित रमेश प्रसाद धमला, चौथोमा ६ सय ४७ मतसहित भिमप्रसाद ढुङ्गाना महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ । यस्तै पाँचौंमा बासुदेव तिमल्सिना ५ सय ९२, छैटौंमा डाक्टर राजाराम कार्की ५ सय ७८, सातौंमा तिलकप्रसाद रुवाली ५ सय ६१, आठौं भक्तबहादुर लामा ५ सय ५३, नवौंमा इश्वर अधिकारी ५ सय ३१ र दशौं झम्कनारायण श्रेष्ठले ५ सय २४ मत मत सहित विजयी हुनुभएको छ ।
यस्तै महिला खुल्लातर्फ कल्पना अधिकारी ६ सय ४० को भारी मतसहित विजयी हुनुभएको छ । यस्तै दोस्रोमा ५ सय ८५ मतले लक्ष्मी गिरि, तेस्रोमा ५ सय ८१ मतले देवीकुमारी बुर्लाकोटी र चौथोमा भगवती उप्रेतीले ४ सय ९४ मतसहित विजयी हुनुभएको छ ।