धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ मा रहेको सुनौलाबजार  स्वास्थ्य चौकीमा बुधबार आँखा शिविर सञ्चालन गरिएको छ ।

श्रोत परिचालन वचत तथा ऋण सहकारी संस्थाको आयोजना, निलकण्ठ नगरपालिका तथा सामुदायिक आँखा केन्द्र धादिङको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो । आँखा शिविरमा २ सय १६ जनाले आँखा जाच गराएको आँखा अस्पताल धादिङका नेत्र अधिकृत रामसिङ् तामाङले जानकारी दिनुभयो । यस्तै गत मंसिर ४ गते मुरलीभञ्ज्याङ स्वास्थ्य चौकीमा संञ्चालन भएको आँँखा शिविरमा १  सय ३७ जनाले आँखाको जाँच गराएका थिए ।

आँखाको जाँच गराएको मध्ये ७ जनामा मोतिया विन्दु फेला परेको छ । मोतिया विन्दु फेला परेकाहरुको मंसिर १४ र १५ गते आँखा अस्पताल धादिङमा निशुल्क मोतिया विन्दुको सल्यक्रिया हुने पनि नेत्र अधिकृत तामाङले बताउनुभयो ।

अयोजक संस्था श्रोत परिचालन वचत तथा ऋण सहकारी संस्थाले आर्थिक रोजगारी सिर्जना गर्नुका साथै सामाजिक काम गर्दै आएको छ । विभिन्न प्रविधिको प्रयोग गरि मोवाईल बैंकिङ, मिसकल बैंकिङ, घरदैलो वचत तथा समुह वचत कार्यक्रम मार्फत सेवा प्रवाह गर्दै आएको छ ।

Facebook Comments