
धादिङमा एक जना गणकको मृत्यु भएको छ । निलकण्ठ नगरपालिका वडा नम्बर १० का भिष्म सिंखडाको मृत्यु भएको जनगणना कार्यालय धादिङका कार्यालय सहायक शालिकराम खतिवडाले जानकारी दिनुभयो ।
आफ्नो छोराको भिरबाट लडेर मृत्यु भएको भन्दै मृतकका वुवाले जिल्ला जनगणना कार्यालयमा निवदेन दिएको बताउनुभयो । प्रहरीले अनुसन्धान गरिरहेकाले भिरबाट लडेर या अन्य कारणले मृृत्यु भएको भन्ने कुराको पुष्टी भने नभएको उहाँले बताउनुभयो ।
प्राप्त निवेदनलाई राष्टिय« योजना आयोग केन्द्रिय तथ्याङ्क विभागमा पठाईएको कार्यालय सहायक खतिवडाले बताउनुभयो । जिल्ला जनगणना कार्यालय धादिङबाट नियुक्ती लिईसकेका सिंखडा गत कार्तिक २० गते घर नजिकैको खोल्सीमा मृत भेटिएका थिए । कार्तिक २५ गतेदेखी मंसिर ९ गते सम्म जनगणना कार्यक्रम संञ्चालन भएको थियो ।