
बागमति प्रदेश जन साँस्कृतिक महासङ्घको प्रथम सम्मेलन ललितपुरको बालकुमारी रोज ब्यान्केट सभा हलमा सकिएको छ । सम्मेलनले चर्चित सेलो गायक/गितकार/संगीतकार बिश्वा दोङको अध्यक्षतामा ५१ सदस्सीय जन सांस्कृतिक महासंघ बागमाती प्रदेशको समितिको गठन गरिएको छ ।
प्रत्येक जिल्ला अथवा १३ वटा जिल्लाबाट एक जना जिल्ला अध्यक्ष चयन अनि २ जना प्रदेश सदस्य १ जना केन्द्रिय महासङ्गघमा आबद्ध हुने गरि समिति गठन गरिएको छ । यस्तै धादिङ जिल्लाको तर्फबाट जिल्ला जनसास्कृतिक अध्यक्ष सन्दिप स्याम्चेन तामाङलाई तोकिएको छ । भने प्रदेश सदस्य जुनु घलान तामाङ, केन्द्रिय प्रतिनिधिमा शम्भु त्रिपाठीलाई चयन गरिएको छ ।
नेपाल जन सांस्कृतिक महासङ्घको संयोजक केशर कालिकोटेको अध्यक्षतामा सुरु भएको सम्मेलनमा नेकपा माओवादी केन्द्र पार्टीका पोलिट ब्यूरो सदस्य एवम बागमति प्रदेश इन्चार्ज हितमान शक्यको प्रमुख आतिथ्य रहेको थियो ।
सम्मेलनमा नेपाल जनासास्कृतिक महासङ्गघको केन्द्रिय अध्यक्ष सरल सहयात्री, जनसास्कृतिक चलचित्रकर्मीहरु बरिस्ठ चलचित्र निर्माता छबीराज ओझा, उदय सुब्बा, बरिस्ठ संगीतकार/गितकार चेतन साप्कोटा, सेलो गायक हरि योन्जन लगायत कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।