शान्ति सुरक्षा सु–व्यवस्था सुदृढ बनाउने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राकेश सिंहले बताउनुभएको छ।

ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट सरुवा भएर गत बिहिवार धादिङ आउनु भएका एसपी सिंहले मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि यस्तो बताउनु भएको हो । उत्तरमा गणेश हिमालदेखि दक्षिणमा महाभारतसम्म फैलिएको र दुई ठुला राजमार्ग रहेको धादिङमा थुप्रै चुनौती रहेको उहाले बताउनु भयो ।

सडक दुर्घटना न्यूनीकरण, गाजा अफिम, जाँड रक्सी, महिला हिंसा न्यूनीकरण, मानवअधिकार सुनिश्चित लगायतलाई प्राथमिकता राखेर अघि बढ्ने एसपी सिंहले बताउनुभयो ।

जिल्लामा २०७५ सालदेखि २०७८ सम्ममा सबैभन्दा बढि आत्महत्याका र अभद्र व्यवहारका घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय धादिङको तथ्याङकमा उल्लेख भएको उहाँले बताउनुभयो । यस्ता घटनाहरु हुन नदिन र जिल्लामा शान्ति सुरक्षाको अवस्था सुदृढ गर्नका लागि सबैले साथ सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

Facebook Comments