२४ मंसीर, धादिङ ।
‘उत्साह, एकता, रुपान्तरण : सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोह भव्य रुपमा सम्पन्न भएको छ । नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाको सभापतीत्वमा सम्पन्न भएको महाधिवेशनको उद्घघाटन सत्रमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा (माले) का महासचिव सीपी मैनाली सहितका नेताहरुको उपस्थिति सहित शुभकामना मन्तव्य रहेको थियो । साथै विभिन्न छिमेकी देश र दातृ निकायका प्रमुख तथा प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।


उद्धघाटन समारोह सम्पन्न भए लगतै बन्द सत्रको कार्यक्रम प्रारम्भ हुने नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिएको छ । कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्वका लागि संस्थापन पक्षबाट वर्तनमान सभापती शेरबहादुर देउवाले पुनः सभापतीमा दावी गर्ने भएको छ भने संस्थापन ईतरका तर्फबाट भने अहिलेसम्म साझा उम्मेद्धावार तय गर्न सकेको छैन । यस समूहबाट प्रकाशमान सिंह र शेखर कोईरालाको बीचमा आ–आफ्नो दावी रहेको जनाएको छ । महाधिवेशनमा करिब पाँच हजार प्रतिनीधीहरुको सहभागीता रहेको छ ।