मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा धादिङ अस्पतालले थुप्रै सुविधा प्राप्त गरेको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बताउनुभएको छ । धादिङ अस्पतालको ४५ औं वार्षिकोत्सव कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
यस्तै अस्पतालको सेवा स्तरीय बनाउन राजनीतिक दलहरुले ध्यान दिनुपर्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो । प्रदेश सरकारको मुख्य प्राथमिकतामा स्वास्थ्य क्षेत्र रहेकोले पनि अस्पताललाई स्तरीय बनाउन राजनीतिक दलहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।
वार्षिकोत्सवको अवसरमा अस्पतालले विधागत रुपमा उत्कृष्ट स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई सम्मान पनि गरेको छ । ५० वेडमा सेवा उपलब्ध गराइरहेको धादिङ अस्पतालले ५० वेडकै आइसोलेशन पनि संचालन गरिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले जानकारी गराउनुभयो ।
धादिङ अस्पतालमा यो वर्षबाट २ वटा अक्सिजन प्लाण्ट, १० बेडको आइसियु, ५ ओटा भेन्टिलेटर पनि संचालनमा आएको छ ।