
सदरमुकाम धादिङबेशिमा आज माध्यमिक विद्यालय स्तरीय डोरी तान प्रतियोगिता भोलि शनिबार विहानसम्मका लागि स्थगित भएको छ ।
शुक्रबार भएको सेमिफाइनल खेलमा देउराली मा.वि र पशुपति मा.वि बिचको प्रतिस्पर्धामा खेलाडिको विषयलाई लिएर विवाद भए पछि आयोजकले खेल स्थगित गराएको हो ।
खेल भोलि विहान ७ बजेबाट पुन सुचारु गरिने डोरी तान संघ धादिङले जनाएको छ । प्रतियोगितामा जिल्ला भित्रका १७ विद्यालय सहभागी थिए । प्रतियोगितामा प्रथम, द्धितिय तृतिय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजारद्धारा पुरस्कृत गरिने छ ।