निजी तथा आवासीय विद्यालयहरूको संगठन प्याब्सन धादिङको दसौँ अधिवेशनले चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयका सञ्चालक विनोदमान श्रेष्ठ पुनःअध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।

शनिबार चिल्ड्रेनपार्कमा आयोजित दसौँ अधिवेशनमा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो ।

कार्य समितिको उपाध्यक्षमा शान्तिदीप एकेडेमीका सञ्चालक तथा प्रिन्सिपल दिनेश भट्ट, सचिवमा सुनगाभा एकेडेमीका सञ्चालक रामहरि अधिकारी, कोषाध्यक्षमा ब्लुमिङ लोटस इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक एवम् प्रिन्सिपल सञ्जीव गजुरेल चयन हुनु भएको छ ।

Facebook Comments