एकिकृत पाठ्यक्रम कक्षा १(३ र सक्षमतामा आधारित पाठ्यक्रम कक्षा ६ र ८ को प्रबोधिकरण तथा बिद्यार्थी मुल्यांकन प्रक्रिया सम्बन्धि अभिमुखिकरण आईतबार सम्पन्न भएको छ । गजुरी गाउँपालिका वडा नं ७ को आयोजना र प्रयास नेपाल,धादिङको सहयोगमा तालिम सञ्चालन भएको हो ।
पाठ्यक्रम प्रारुप २०७६,सिकाई सहजिकरण प्रक्रिया ,पाठ्यपुस्तकको परिचय र प्रयोग ,गणित बिषयको पाठ्यक्रम , बिद्यार्थी मुल्यांकन र पृष्ठपोषण आदि बिषयमा अचने माध्यमिक बिद्यालयका शिक्षक नवराज पाठकले सहजिकरण गर्नु भएको थियो । कार्यक्रम प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल बालबालिकाहरुलाई बोध सहितको सिकाईको लागि सिक्ने वातावरण तयारी र बाल मैत्री शिक्षण विधि ,सिकाई उपलब्धि बढाउन बालबालिका अभिभावक ,बालबालिका र शिक्षक तथा अभिभावक र शिक्षक बिचको समन्वय तथा सहकार्य र बिद्यार्थीहरुको बोध सहितको सिकाईका बाधकहरु पहिचान गरि समाधान गर्न प्रधानाध्यापक तथा शिक्षकहरु भुमिका र बाल विकास कक्षा व्यवस्थापनका विविध पक्षको बारेमा सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा गजुरी गाउँपालिका वडा नं ७ का सबै ७ वटै बिद्यालयका सबै प्रधानाध्यापक र शिक्षकहरू सहित ४३ जनाको सहभागी रहेको थियो । कार्यक्रम सहभागी शिक्षक दिपेन्द्र सिलवाल ,शंकर बस्नेत ,भगवती खतिवडा लगायतका २ दिने कार्यक्रमले आगामी दिनमा कक्षा शिक्षणलाई बिद्यार्थी केन्द्रित गरेर प्रभावकारी रुपमा शिक्षण गर्न राम्रो सीप हाँसिल विकास बताउनु भएको छ ।
अभिकुखिकरण कार्यक्रमका अध्यक्ष एवम् गजुरी वडा नं। ७ का केशव अधिकारीले वडा भित्रको शिक्षाको गुणस्तर अभिबृद्धि गर्न वडा कार्यालयले बिभिन्न सामाजिक संघ संस्थासँगको समन्वयमा शिक्षकहरु सीप तथा क्षमता विकासका कार्यक्रम संचालन गरेको र आगामी दिनमा अभिभावक शिक्षा कार्यक्रम अभियानको रुपमा संचालन गर्न लागिएको समेत बताउनु भएकोसामाजिक परिचालक कपिलदेब सापकोटाले किराञ्चोकबाट जानकारी दिनु भयो ।