
ख्रिस्टियनहरुको महान पर्व ख्रीस्टमसको अवसरमा धादिङको ज्वालामुखी गाउँपालिकामा विहिबार ख्रीस्टमस शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । मैदि प्रेरितिय चर्चको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपा एमाले बागमति प्रदेश संसाद एवम पुर्व सामाजिक विकास मन्त्री डा.राम कुमार अधिकारिको प्रमुख आतिथ्य तथा ज्वालामुखी गाउँपालिका प्रमुख नेपाली काङ्ग्रेसका नेता बिनोदराज तिमल्सिनाको विशेष आतिथ्य रहेको थियो ।
नेपाल ख्रीस्टिन महासङ्घका महासचीव डिल्ली राम पौडेल त्यसै गरि विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कलाकार सन्दिप स्याम्चेन र पुजा परियारको सांङ्गितिक प्रस्तुती पनि रहेको थियो ।