नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ चयन हुनुभएको छ ।
‘समावेशी लोकतन्त्रको आधार, पूर्ण समावेशी सञ्चार’ भन्ने मुल मर्मका साथ सम्पन्न भएको चौंथो अधिवेशनबाट श्रेष्ठ निर्बिरोध अध्यक्षमा चयन हुनुभएको हो । श्रेष्ठ धादिङ अपडेट डटकम, रेडियो धादिङ र नयाँ पत्रिका दैनिकका धादिङ संवाददाता हुनुहुन्छ ।

कार्यसमितिको उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिवमा रेख बहादुर गुरुङ, कोषाध्यक्षमा राजकुमार शाक्य, सह–सचिवमा सुस्मिता श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सदस्यहरु, राजाराम डंगोल, बिनोद तमु, कल्पना श्रेष्ठ, सनिता चेपाङ, पवित्रा थापा मगर र विरमान तामाङ चयन भएका छन् ।
नव निर्वाचित अध्यक्ष श्रेष्ठले सपथ ग्रहण गर्दै नयाँ कार्यसमितिले जिल्लामा रहेका आदिवासी जनजाति पत्रकारहरुको हकहितमा काम गर्ने बताउनुभयो । पछिल्लो समय पत्रकारितामा प्रवेश गर्दै छाड्दै गर्ने क्रम बढेको छ, पत्रकारितामा भविष्य खोज्दै गरेकालाई दिगो व्यवस्थापनमा जोड गर्नेछौँ । आदिवासी जनजातिका सवाल जनजाति पत्रकारले नै जोडदार उठाउन पर्छ ।’ त्यसको लागि जनजाति पत्रकारलाई सक्रिय बनाउन फोनिज धादिङले भुमिका खेल्ने नवनिर्वाचित अध्यक्ष श्रेष्ठको भनाई थियो ।

त्यस्तै, प्रदेश प्रतिनिधिमा शंकर श्रेष्ठ, सन्तोषराज श्रेष्ठ, दोलख गुरुङ, डोल्मा मम्बा चयन हुनुभएको छ । यस्तै पर्यवेक्षकमा लक्ष्मी भुजेल चयन गरिएको छ । संघमा उद्दव चेपाङ र अनिता शाक्यलाई चयन गरिएको छ । नया निर्वाचित कार्यसमितिको पहिलो बैठक समेत शनिबारै बसेको छ । बैठकले अधिवेशन भव्यताका साथ सफल पार्न सहयोग गर्ने पूर्व पदाधिकारी, निर्वाचन मण्डललाई धन्यावाद ज्ञापन गर्दै धादिङवेशींमा व्यवस्थीत रुपमा कार्यलय संञ्चालन गर्ने निर्णय गरेको छ ।

Facebook Comments