नेशनल लाईफ ईन्स्योरेन्स, गजुरी शाखाले Milllion Dollar Round Table (MDRT) २०२२ को लक्ष्य हासिल गरेका आफ्ना उत्कृष्ट अभिकर्ताहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरि अभिकर्ताहरुलाई टीका तथा खादाले सम्मान गर्दै केक काटेर बधाई तथा सम्मान गरेको हो ।
सन् २०२१ को जनवरी देखि डिसेम्बरसम्ममा आफ्नै कोडमा ३५ लाखभन्दा बढी प्रथम बीमाशुल्क संकलन गरि सन् २०२२ का लागी MDRT क्लब सदस्यमा विजयी हुनुभएका गजुरीकी तारा रिजाल, आदमघाटका योगेन्द्र कुमार बस्नेत, र बेनिघाटरोराङ चरौदीकी अर्चिता उप्रेती श्रेष्ठ हुनुहुन्छ ।

अमेरिकाको शिकागोमा प्रधान कार्यालय रहेको MDRT, मिलियन डलर राउन्ड टेबलद्वारा अष्ट्रेलियामा सन् २०२२ को जुन महिनामा आयोजना गरिने सम्मेलनमा भाग लिन पाउनेछन् ।

Facebook Comments