मंसिर २३, धादिङ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका खेम प्रसाद लोहनी विजयी हुनु भएको छ । नेपाली कांग्रेसका दिलमान पाख्रिनलाई ६ सय ३९ मतान्तरले पछि पार्दै उहाँ विजयी हुनुभएको हो ।

लोहनीले ३६, हजार २ सय ५३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी दिलमान पाख्रिनले ३५ हजार ६ सय १४ मत प्राप्त गर्नुभयो । धादिङको प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा निकै प्रतिस्पर्धातम्क देखिएको थियो ।

Facebook Comments