
१८ पुस, धादिङ ।
धादिङ जिल्लाको नीलण्ठ नगरपालिका वडा नम्बर ९ स्थित नीगालपानी हटियामा लायन्स नमुना उद्यमी गाउँ कार्यक्रम आईतबारबाट शुभारम्भ भएको छ । विशेष गरी हटियामा पुरानो नेवार समुदायको संस्कार, संस्कृतिको संरक्षण र प्रवद्र्धन गरी उनीहरुको सामाजिक र आर्थिक जीवनस्तमा परिवर्तन ल्याउने र आत्मनिर्भर बनाउने रहेको छ । 
साथै यस क्षेत्रको विकास गर्न सके आन्तरीक पर्यटनको सम्भावना प्रचुर मात्रामा रहेको कारण यो गाउँमा यो कार्यक्रम लागु गर्नको लागि छनौट गरेको लायन्स नमुना उद्यमी गाउँ परियोजनाका संयोजक राजेन्द्र प्रसाद सुवेदीले बताउनुभयो । यस गाउँको नजिकै ऐतिहासिक ज्वालामुखी माईको मन्दिर, निर्माणाधीन अवस्थामा रहेको छोईलिङ गुम्बा र भ्यु टावरका कारण पनि यो स्थान पर्यटकिय हिसाबले संभावना रहेको पाईन्छ । 
यस कार्यक्रमले याहाका स्थानी नेवार र गुरुङको समुदायलाइ लक्षित गरि आन्तरीक पर्यटन हवको रुपमा विकास गर्न होम स्टेको अवधारण सहित विकास गर्ने लक्ष्य र उदेश्य रहेको पनि सुवेदीले बताउनुभयो । यस स्थानबाट धादिङको उत्तरी क्षेत्र, गणेश हिमाल, पाविल हिमाल, गंगाजमुना झरना, सल्यान्टार, मनाशलु हिमाल, र गोरखा जिल्लाको केहि महत्वपूर्ण स्थानहरुको दृश्यवलोकन गर्न सकिन्छ ।
यस कार्यक्रमले पहिलो चरणमा स्थानिय कृषि उत्पादनहरुलाइ आधुनिकिकरण गर्ने लक्ष्य राखेको छ । लायन्स नमुना उद्यमी गाउँ कार्यक्रम अन्र्तगत शुभारम्भमा स्थानिय ४९ जना कृषकहरुलाइ एक–एक वटा बाख्रा, २ वटा हाते ट्याक्टर, १ वटा धान झार्ने मेशिन र २ वटा सिलाई मेशिन वितरण गरेका छन् ।
यसका साथै आगामी दिनमा आवश्यकताको आधारमा अन्य सहयोगका कार्यक्रमहरु पनि थप गरिने जनाएको छ । यस लायन्स क्लवले शिक्षा, स्वास्थ्य, कृषि, उद्यमी लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ । अन्र्तराष्ट्रिय लायन्स क्लवको चार वटा डिष्ट्रिक रहेको छ । जस मध्ये एक ३२५ वि–१ डिष्ट्रिक हो । यस अन्र्तगत कुल १७ वटा जिल्लाहरुमा १४ वटा जिल्लामा लायन्स नमुना उद्यमी गाउँ कार्यक्रम संचालन भएको छ ।
लायन्सका डिष्ट्रिक गर्भनर विश्वेश्वर आचार्याको अध्यक्षतामा भएको कार्यक्रममा नीलण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुङगानाको प्रमुखा आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा नीलकण्ठ ९ का वडा अध्यक्ष भोज बहादुर रेग्मी, लायन्स क्लबका स्थानिय तथा बाह्य जिल्लाका प्रमुख तथा प्रतिनिधिहरु , स्थानीय शिक्षक, वुद्धिजिवि र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

भिडियो हेर्नुहोस् :-