
नेपाल आदिवासी पत्रकार महासंघ(फोनिज) बाग्मती प्रदेशको दोस्रो प्रादेशिक महाधिवेशन शुरु भएको छ ।
बाग्मती फोनिजको आधार, पूर्ण समावेशी सञ्चार, जिम्मेवार पत्रकारिताका लागि व्यवसायिक पत्रकार भन्ने मुल मर्मका साथ मकवानपुरको हेटौंडामा महाधिवेशन शुरु गरिएको हो ।
फोनिज बाग्मती प्रदेशका अध्यक्ष पेमा लामाको अध्यक्षतामा बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको छ । कार्यक्रममा फोनिजका संघीय अध्यक्ष दण्ड गुरुङ, बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा, पर्यटन तथा संस्कृति मन्त्री दिपेन्द्र श्रेष्ठ, गरिवी निवारण तथा सहकारी मन्त्री बसन्त मानन्धर, भौतिक पुर्वाधार राज्य मन्त्री सन्त बहादुर चेपाङ लगायत विभिन्न पत्रकारका संघसंगठनका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेका छ्न् । नेपालमा ८७३ जना भन्दा बढी जनजाति पत्रकार आवद्ध रहेका छ्न्